काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठबनको माग गरेका हुन् । उनले एमसीसी हतारमा पारित गरिएको भन्दै त्यसँसगै अरू कुरा ताँती लागेर आउने बताए ।
उनले भने, “बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरू कुरा के–के आउँछन् देखिँदै जानेछन्, “यस प्रकारको गल्ती सरकारले किन दोहोर्याइरहेको छ ?”










प्रतिक्रिया दिनुहोस्