काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्लान्ट मर्मतका लागि करोडौँ रुपैयाँ नलाग्ने भन्दै दुई–तीन लाख रुपैयाँमै मर्मत गर्न सकिने बताएका हुन् । उनले भने, “टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिन्छ । करोडौँ रुपैयाँ लाग्दैन । दुई–तीन लाखमै मर्मत गर्न सकिन्छ ।”










प्रतिक्रिया दिनुहोस्