काठमाडौँ, १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट काठमाडौँबाट जनकपुर जान लागेकी सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
झोला ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्