काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाउनुभएको हो ।
प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताउनुभयो । प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो रु’ भन्दै प्रश्न गर्नुभएको थियो ।
जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताउनुभएको थियो । प्रचण्डसँग नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल पनि देउवासँग भेट गर्न जानुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्