देउखुरी, ३ असार । दाङमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५, पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।
बिहान घरनजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्