विश्व

थाइल्यान्डमा मास्क लगाउनु पर्ने नियम हटयो



एजेन्सी, ४ असार । थाइल्यान्डमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ ।

कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ ।

महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरमा फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।