काठमाडौँ, ५ असार । आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाका अनुसार पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको छ ।
प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने छ । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने छ । पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने छ ।










प्रतिक्रिया दिनुहोस्