एजेन्सी, ५ असार । संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ । सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।
आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा पछिल्ला दिनहरूमा इन्धन संकट समेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्धनको खपत कम गर्नका लागि श्रीलंकाको सरकारले कम्तिमा एक साता सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।
‘डेली मिरर’का अनुसार बिजुली आपूर्तिमा समस्या भइरहेको श्रीलंकाको शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयहरूलाई आगामी साता अनलाइन कक्षा लिनका लागि भनिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्