विश्व

रुसी संगीतलाई प्रतिबन्ध लगाउने युक्रेनको निर्णय



एजेन्सी, ६ असार । युक्रेनको संसदले रुसी संगीतलाई सार्वजनिक थलो र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

बीबीसीका अनुसार यो रोक सबै रुसी संगीतमा लागू हुनेछैन, बरु सन् १९९१ पछि रुसी नागरिक भएकाद्वारा सिर्जना गरिएको संगीतसँग सम्बन्धित छ । तर रुसी आक्रमणको विरोध गर्ने कलाकारले चाहिं प्रतिबन्ध छुटको लागि आवेदन दिन सक्ने भएका छन् । संसदबाट पारित भएको उक्त कानुनअनुसार रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि प्रतिबन्ध लगाइने भएको छ ।

आइतबार सांसदहरुले पारित गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, सिनेमा घर र अन्य सार्वजनिक स्थानमा रुसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।