Banner News

राजनीतिक खटपट नभएको भए सीमा समस्या समाप्त भइसक्थो : अध्यक्ष ओली



काठमाडौँ, ७ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक खटपट नभएको भए सीमा समस्या समाप्त भइसक्ने बताएका छन् ।

आज काठमाडौंमा पूर्वराजदूत समूहसँगको छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा राजनीतिक खटपट नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत समस्या समाप्त भइसक्ने बताएका हुन् ।

उनले भने, “नेपालको राजनीतिमा खटपट नभएको भए लिपुलेक, लिम्पियाधुरा कालापानी वा अन्य सीमाका समस्या अहिलेसम्म समाप्त भइसकेका हुन्थे भन्ने मलाई लाग्छ ।” ओलीले आफूले मित्रता सुदृढ गर्नका लागि छिमेकी देशसँग कुरा अघि बढाएको स्मरण गरे । सीमा समस्या समाधानका लागि खुलस्त वार्ता गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग संवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । “यो सरकार बनेपछि प्रतिपक्षसँग संवाद छैन । २०४६ पछि यस्तो संवादहीनता प्रतिपक्षसँग कुनै परामर्श नगर्ने । सबै कुरा गोप्य राखिने । प्रतिपक्षीका विरुद्ध जाने कुरा पोलिसटक्समा हुँदैन । संवादहीनाताको स्थिति छ,” उनले भने ।प्रधानमन्त्री अन्तर्राष्ट्रिय फोरममा जाँदा प्रतिपक्षसँगै विज्ञहरूसँग पनि परामर्श गरिने उनको भनाइ छ । “प्रतिपक्षसँग वार्ता नगरी चलाउनुहुन्छ भने चलाउनुस् न, लोकतन्त्रको व्याख्या गर्ने भए,” ओलीले भने ।