काठमाडौँ, ११ असार । देशका विभिन्न भू–भागमा आज बिहानबाट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिजोबाट मनसुनी वायुको प्रभाव सुरु भएको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्