समाचार

क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु



क्यालिफोर्निया, ११ असार । अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु भाको छ ।

क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली युवती मनसुन पाण्डेको अल्पायुमै मृत्यु भएको छ । उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् ।

२९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् । उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुने गरेकी थिइन् ।

उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन ।