काठमाडौँ, ११ असार । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् ।
आजको भेटमा नागरिकता विधेयकको जिम्मा प्रधानमन्त्रीले कानुनमन्त्रीलाई दिएको र भोलिसम्म ल्याउने तयारी भएको बताइएको छ । सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्