राजनीति

जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ: महामन्त्री थापा



तनहुँ, १३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गर्नुपर्ने बताएका छन् ।

कांग्रेस तनहुँले आइतबार गरेको कार्यक्रममा थापाले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए । स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने पनि उनले बताएका थिए । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए ।

‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ ।’