विश्व

१ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी



एजेन्सी, १३ असार । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी भएको छ ।

बीबीसीका अनुसार उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले बताएका बीबीसीले जनाएको छ ।

‘मामा मेरी–क्लो’ नामको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।