विश्व

भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन



एजेन्सी, १३ असार । संयुक्त राष्ट्र सङ्घले भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष यूएनसीईआरएफबाट रकम विनियोजन गरिएको हो । राष्ट्र सङ्घले भूकम्पका कारण प्रभावित अफगानिस्तानका नागरिकलाई सहयोग पठाउन लागिएको बताएकाे छ ।

अफगानिस्तानमा भूकम्पमा परेकाहरु केहीको अझै उद्धार हुन सकेकोछैन । भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । गएको अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।