समाचार

नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार



दाङ, १३ असार । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवकहरूबाट बलात्कृत भएका हुन ।

६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चारजनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।

पीडित युवतीहरु दाङ प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिरिएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ । अनुसन्धानका क्रममा भारतीय प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।