अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १३ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।