राजनीति

एमाले कैलालीका अध्यक्ष रतन बर्खास्त, अन्तर्घात गरेको ठहर



कैलाली । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरिएको छ ।

प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।