काठमाडौँ, १५ असार । काठमाडौँको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।
अहिले काठमाडौँ महानगरपालिका र प्रहरीको दमकलको सहयताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो ।
आगलागीको कारण र त्यसले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्