Banner News

पार्टीको इज्जत राखेर काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन



काठमाडौँ, १५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई पार्टीको इज्जत राखेर काम गर्न निर्देशन दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् । अध्यक्ष नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ ‘विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला । हामी नयाँ पार्टी भर्खरै निर्माण गरेका छौ । पार्टीको शीर उचो हुने काम गर्नुहोला ।’