Banner News

अर्थतन्त्रको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ: गभर्नर अधिकारी



कठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्थालार्य म”ल्यांकन गरी मौद्रिक नीति आउने विश्वास दिलाउनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्मासमक्ष गभर्नर अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङका क्रममा उक्त कुरा बताउनुभएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउने धारणा राख्नुभयो ।

अर्थमन्त्री शर्मासहित मन्त्रालयका सचिवहरुले मुद्रास्फीति, आर्थिक वृद्धि, लगायतमा बजेटले लिएका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताउनुभयो । अर्थमन्त्रालयको चासो सेयर बजारको खस्किंदो प्रवृत्तिमा समेत रहेको थियो । बुधबार गभर्नर अधिकारी र अर्थ मन्त्रालयको टिमबीच झण्डै एक घण्टा छलफल भएको छ ।