काठमाडौँ, १७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आज गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्