काठमाडौँ, १९ असार । काठमाडौँ, दाङ र सर्लाहीबाट २१ जुवाडे पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाश राजसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूलाई नगद ४३ हजार १ सय ८० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, दाङको तुल्सीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका–११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकीलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रुपैयाँ र एक गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, सर्लाही, लालबन्दी नगरपालिका–१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्