Banner News

अर्थमन्त्रालयले सीसीटीभी फुटेज डिलिट गरेर गम्भीर घोटाला भएकाे पुष्टि गर्‍यो : प्रदीप ज्ञवाली



काठमाडौँ, २० असार । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल आरोप लगाएका छन् ।

आज संसद भवन परिसरमा पत्रकारहरूसग कुरा गर्दै उनले घटनाको सीसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेकोर बताए ।

उनले भने, “यो फुटेज डिलिट भएको भन्ने तथ्यहरू बाहिर ल्याएर वास्तवमा यसमा गम्भीर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य चाहिँ स्वयं अर्थ मन्त्रालयले पुष्टि गरेको छ,” “यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भीर विषयहरू उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धी उठेका अन्यौलहरूलाई क्लिएर गर्नेतिर लाग्दथ्यो । त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।”