राजनीति

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौँ, २१ असार । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो । साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताए ।

महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर सरकार गठन हुनुपर्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल भएको छ ।