अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।