काठमाडौँ, २१ असार । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिधेयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए ।
उनले भने, ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरेको हो, प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन,’ उनले भने ।
अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेका र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै बैठकमा उनले भने, ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नु पर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्