समाचार

काठमाडौँमा थप दुईजनामा हैजा संक्रमण



काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ ।