काठमाडौँ, २४ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ ।
बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ ।
बैठकले वाम क्रान्तिकारी पार्टीबीचमा एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ ।










प्रतिक्रिया दिनुहोस्