Banner News

राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण



काठमाडौँ, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।