Banner News

पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक



काठमाडौँ, २५ असार । सरकारले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ । पूर्वप्रधानमन्त्री आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ । सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।