राजनीति

इदले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपति पुनको विश्वास



काठमाडौँ, २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको महान् चाड इद-उल-अधा (बकर-इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै उनले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अधा (बकर-इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रतिले विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।