समाचार

गोदावरी नदी किनारमा बालकको शव फेला



कैलाली, २६ असार । कैलालीको गोदावरीमा एक बालकको शव फेलापरेको छ । गोदावरी नगरपालिका–३, स्थित गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेलापरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेलापरेको हो ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । रासस