समाचार

होटेलमा एक युवती झुन्डिएको अवस्थामा फेला



बुटवल, २६ असार । रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–३ मा रहेको रहेको पाल्पाली होटेलमा बुटवल–११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

गए राति ती युवती र एक युवक होटेलमा बस्न गएका थिए । ती युवती र युवा राति साढे १० बजे सो होटेलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटेल सञ्चालकले फोन गरेको प्रहरीले जनाएको छ ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको शव पोस्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।