काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायत विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।
उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्यलगायत विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई राज्यले सम्मान गर्दै आएको भन्दै यसप्रकारको सम्मानले स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए । मन्त्रालयले आज विभिन्न विधामा योगदान पुर्याउने ४३ स्रष्टालाई पुरस्कृत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्