Banner News

बुढीगंगामा मेयर उपमेयर सहित ७ वडाअध्यक्षमा एमाले विजयी



काठमाण्डौ,२६असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार १० वटा वडामध्ये ७ वडाका अध्यक्षसहित एमालेका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका हुन ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई फराकिलो मतअन्तरमा पराजीत गर्नुभएको छ । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले कांग्रेसकी रिता शाहीलाई पराजित गर्नुभएको हो । बानियाँले ४ हजार ७ सय ७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७ सय ७३ मत मात्र पाउनु भएको छ ।
यसैगरी उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७ सय २७ पाएर निर्वाचित हुँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७ सय ५५ मत पाउनु भएको छ । मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।

बुढीगंगामा नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । परिणामअनुसार वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले तथा ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन ।