राजनीति

योगेश भट्टराईद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग



काठमाडौँ, २७ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।

सचिव भट्टराईले आज सामजिक संजाल ट्विटमार्फत् सत्तामा बस्नेहरूले आफ्नो अनुकूल संविधान भत्काउने नभएर संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व पनि सम्झाएका छन् ।

उनले लेखेका छन्, “संविधानको अक्षर र भावनाविपरीत सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धि विधेयकको विरोध गर्दछु तत्काल फिर्ता लिन माग गर्दछु,” “सत्तामा बस्नेहरूले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन ।”