काठमाडौँ, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ ।
नेपालको चारदिने भ्रमणमा रहेका विदेश विभाग प्रमुख लिउले दाहालको निवास खुमलटार पुगेर भेट गरेका हुन् । यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्