अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।