Banner News

उपसभामुखको निर्वाचन असार ३१ गते



काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।