काठमाडौं, २९ असार । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ ।
तनेप्सेमा दुइ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, सिइडीबी हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिजन्स म्युचुअल फण्ड, नबिल ब्यालेन्स फण्ड, कुमारी इकयुटी फण्ड, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिनलाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ९ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।










प्रतिक्रिया दिनुहोस्