Banner News

सबै राजनीतिक दल एउटै हुन् भन्ने न्यारेटिभ बनाउन खोजिँदै छ : अध्यक्ष दाहाल



काठमाडौँ, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको बताएका छन् ।

सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबै राजनीतिक दल एउटै नभएको र पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए ।

उनले भने, ‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् । एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छ ।’