काठमाडौँ, ३० असार । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकमा बोल्दै संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी अहिलेसम्म अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज हुने व्याख्या संसदमै गरिएको थियो, ‘तर अहिलेसम्म अमेरिकाले त्यसबारे केही प्रतिक्रिया दिएको छैन ।’ ‘तत्काल एमसीसीको अनुमोदन गर्दा गरेको धारणाका लागि पत्र लेख्न पहल कदमी गर्न सरकारलाई अनुरोध गर्दछु, ‘अन्यथा जटिल समस्या आउनसक्छ वा एमसीसीलाई नयाँ ढंगले सोच्नुपर्ने हुनसक्छ ।’










प्रतिक्रिया दिनुहोस्