काठमाडौँ, ३० असार । सेयर बजार परिसूचक नेप्से १४.७१ अंकले बढेको छ ।
आज १४.७१ अंकले बढेर २००१.५३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.७८ अंकले बढेर ३८३.१४ पुगेको छ ।
आज दिनभर २२० कम्पनीका ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच भएको छ । आज दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ को कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ । वित्त र लघुवित्तको सेयर मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन् ।










प्रतिक्रिया दिनुहोस्