काठमाडौँ, १ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् ।
आज सामाजिक सन्जालमा लेख्दै उनले त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ ।’ बेलैमा बुद्धि नपुर्याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । उनले लेखेका छन्, ‘बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौं ।’










प्रतिक्रिया दिनुहोस्