राजनीति

भाजपा अध्यक्ष नड्डा र अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, १ साउन । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

आज भाजपा कार्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।

माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली गएका थिए । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने तयारीमा छन् ।