राजनीति

उपसभामुख भुसालद्वारा पदभार ग्रहण



काठमाडौँ, १ साउन । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गर्नुभएको छ ।

आइतबार सिंहदरबारस्थित कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुयभो । उहाँलाई कर्मचारीहरूले स्वागत गरेका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शितल निवासमा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

शुक्रबार भएको उपसभामुखको निर्वाचनमा भुसालले नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै बहुमतले निर्वाचित हुनुभएको थियो ।