काठमाडौँ, २ साउन । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका एक/दुई स्थानमामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्