दार्चुला, ३ साउन । जिल्लाको महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत अबस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेकी हुन । टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए ।
विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्